दार्चुला । काठमाडौं महानगरपालिकामा निमित्त नगर प्रहरी प्रमखको जिम्मेवारी एसपी विष्णु जोशीलाई दिइएको छ ।
प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले प्रमुखमा वरिष्ठ उपरिक्षक (एसएसपी) राजुनाथ पाण्डेलाई निलम्बित गर्दै जोशीलाई निमित्त प्रमुखको जिम्मेवारी दिएका हुन् । महानगर स्रोतका अनुसार जोशीलाई अर्को निर्णय नहुने बेलासम्मका लागि प्रहरी निमित्त प्रमुखको जिम्मेवारी दिइएको हो ।
काठमाडौं महानगरको विपद् व्यवस्थापन विभागमा कार्यरत एसपी जोशीले यसबारे आफूलाई अनौपचारिक जानकारी मात्रै आएको बताउनुभयो ।आजै नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे निलम्बनमा परेका थिए । नगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले उनलाई ६ महिनाका लागि निलम्बन गरेका हुन् ।
यसअघि गुरागाईंले पाण्डेलाई स्पष्टीकरण सोधेका थिए । गुरागाईंले आफूलाई कार्यालय प्रवेश गर्न अवरोध पुर्याएको भन्दै पाण्डेलाई स्पष्टीकरण सोधेका थिए ।उक्त स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै पाण्डेलाई निलम्बन गरिएको महानगर स्रोतले जानकारी गराएको छ ।





प्रतिक्रिया