लेकमका ६ वटै वडामा भू–उपयोग वर्गीकरणको तयारीका लागि फिल्ड सर्वेक्षण सम्पन्न

दार्चुला । दार्चुलाको लेकम गाउँपालिकाका ६ वटै वडाहरुमा भू–उपयोग वर्गिकरणको तयारीका लागि फिल्ड सर्वेक्षण तथा छलफल सम्पन्न भएको छ ।

लेकम गाउँपालिकाको आयोजना तथा धामी इन्जिनियरिङ कन्सल्टेन्सी प्राली काठमाडौँको प्राविधिक सहयोगमा गाउँपालिकाका ६ वटै वडा कार्यालयहरुमा सरोकारवालाहरुको उपस्थितिमा फिल्ड सर्वेक्षण तथा छलफल कार्यक्रम सम्पन्न गरिएको धामी इन्जिनियरिङ कन्सल्टेन्सी प्रालीका प्रमुख सुमन सिंह धामीले जानकारी दिनुभयो ।

जसअन्तरगत मंगलवार (आज) वडा नम्बर ५ मा फिल्ड सर्वेक्षण तथा छलफल सम्पन्न भएको छ । कार्यक्रममा भूमीलाई व्यवस्थित बनाउने,बैज्ञानिक तरिकाले भूमीको प्रयोग गर्ने, लालपुर्जा अपडेट गर्ने, गाउँपालिकाको वार्षिक योजना अनुसार सूचना संकलन गर्ने, सरकारले भूमी सम्बन्धि तयार पारेको नियमावलीको अध्ययन र भूमी वर्गिकरणको सूचना संकलन लगायतका विषयमा स्थानीय तथा सरोकारवालाहरुसंग दोहोरो छलफल गरिएको छ । कार्यक्रममा धामी इन्जिनियरिङ कन्सल्टेन्सी प्राली काठमाडौँका भूमी विज्ञ चित्र प्रशाद आचार्यले सहभागिहरुलाई कार्यक्रमको वारेमा जानकारी संगै छलफल गराएका थिए ।

वडा नम्बर ५ का वडा अध्यक्ष बल्देब सिंह बोहराको अध्यक्षता रहेको कार्यक्रममा लेकम गाउँपालिकाका निर्वतमान गाउँपालिका अध्यक्ष परमानन्द जोशी, पूर्व जिल्ला शिक्षा अधिकारी लोकमणी जोशी, विद्युत प्राधिकरणका निर्वतमान क्षेत्रीय निर्देशक जगदिशचन्द्र जोशी, लटिनाथ माध्यमिक विद्यालय चौपाताका सहायक प्रध्यानाध्यापक महेश राज जोशी, मावि संयोजक राजेन्द्र सिंह खत्री, वडा सदस्यहरु स्थानीय लगायत सरोकारवालाहरुको आतिथ्यता एंव उपस्थिति रहेको थियो ।

यसअघि जेठ १४ गते गाउँपालिकामा, १५ गते वडा नम्बर ३ लालीमा, १६ गते वडा नम्बर ४ खरकडामा, १७ गते वडा नम्बर २ कुणीमा, १८ गते वडा नम्बर १ को सर्मोली बडिपूरमा, १९ गते वडा नम्बर ६ को उचाकोटमा कार्यक्रम सञ्चालन गरिएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?