देशका धेरै ठाउँमा आज पनि वर्षाको सम्भावना

दार्चुला । कोशी प्रदेशका धेरै ठाउँमा मनसुनी वायुको प्रभाव रहेकोले त्यस क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मनसुनी वायु पूर्वमा सक्रिय छ ।

देशको पश्चिम र मध्य भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।पछिल्लो ३ घण्टामा सबैभन्दा धेरै सर्लाहीको परवानीपुरमा ५६ दशमलव २ मिलिमिटर वर्षा मापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै मोरङमा २९ दशमलव ६, सिन्धुलीमा २५ दशमलव ८ र उदयपुरमा २४ दशमलव २ मिलिमिटर वर्षाको मापन भएको छ ।यसैगरी जनकपुर, महोत्तरी, रौतहट, सिराहा, धनुशा ,सप्तरी, सुनसरी , मोरङ, रामेछाप, सोलुखुम्बु र आसपासका ठाउँहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम पानी परिरहेको छ ।

काठमाण्डौ उपत्यका र आसपासका क्षेत्रमा पनि गएराति छिटपुट वर्षा भएको छ । आज दिउँसो देशका धेरै ठाउँमा वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।भोलि पनि नेपालको धेरै ठाउँमा वर्षाको सम्भावना रहेको र पर्सि शुक्रवारदेखि ३–४ दिन पानी नपर्ने र सुक्खा हुने अनुमान रहेको मौसमविद् विनोद पोख्रेलले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?