समाजसेवी डबल सिंह धामीद्धारा डाडावाग आवि गैराका विद्यार्थीलाई पोशाक वितरण

दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका वडा नम्बर ४ सिप्टीका समाजसेवी डबल सिंह धामीले डाडावाग आधारभूत विद्यालय गैराका विद्यार्थीहरुलाई पोशाक वितरण गर्नुभएको छ ।

सिटु ग्रुप तथा धरहरा रेस्टुरेन्ट गार्डेनका सञ्चालक समेत रहेका धामीले आज एक कार्यक्रमका बिच निःशुल्क रुपमा ४४ जना विद्यार्थीहरुलाई पोशाक (ट्रेकसुट) वितरण गरेका हुन् । अभिभावक तथा विद्यार्थीहरुमा सकरात्मक सोचको विकास प्रदान होस भनेर आफुले विद्यार्थीहरुलाई पोशाक वितरण गरेको उहाँले बताउनुभयो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष नन्तु टमटाको अध्यक्षता एंव नौगाड गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष कृष्ण सिंह धामीको प्रमुख आतिथ्यतामा विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको हो ।

त्यस्तै सोही कार्यक्रममा स्थानीय करन सिंह धामीले विद्यालयलाई एक हजार रुपैयाँ हस्तातरण गरेको गार्डेनका सञ्चालक धामीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?