दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ को वार्षिक नीती तथा कार्यक्रम प्राथमिकतामाथी राय सुझाव तथा पूर्व बजेट छलफल कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
गाउँपालिकाको आर्थिक वर्ष २०८२÷८३ को वार्षिक नीती तथा कार्यक्रम र बजेट निर्माणको लागी अमूल्य सल्लाह, सुझाव सहित तथ्यपरक विश्लेषण आवश्यक पर्ने भएकाले पूर्व बजेट छलफल कार्यक्रम सञ्चालन गरिने गाउँपालिका अध्यक्ष हिरा सिंह धामीले जानकारी दिनुभयो । गाउँपालिकाले आज एक सार्वजनिक सूचना प्रकाशित गर्दै अगामी असार ३ गते बिहान ११ बजेबाट गाउँपालिकाको सभाहलमा राय सुझाव तथा पूर्व बजेट छलफल कार्यक्रम सञ्चालन हुने बताइएको छ ।
कार्यक्रममा सम्पुण जनप्रतिनिधिहरु, राजनितिक दलहरुका प्रमुख एंव प्रतिनिधिहरु, सहकारी संस्थाका प्रमुख एंव प्रतिनिधि, स्थानीय रेडक्रस संस्थाका प्रमुख एंव प्रतिनिधि, सामुदायिक विद्यालयका प्रध्यानाध्यापकहरु, कर्मचारी बुद्दिजीवी, समाजसेवी, पत्रकार, सुरक्षाकर्मी लगायत मालिकार्जुन वासीको उपस्थितिका लागि गाउँपालिकाले अनुरोध गरेको छ ।





प्रतिक्रिया