दार्चुला । दार्चुलाको मार्मा गाउँपालिका वडा नम्बर ५ को गोल्फा गाउँमा पहिलो पटक यात्रुवाहक सवारी (जीप) पुगेको छ ।
बुधवार (हिजो) वडा कार्यालय मुरैबाट गोल्फामा जीप पुगेको वडा नम्बर ५ का वडा अध्यक्ष सुरेन्द्र महताले जानकारी दिनुभयो । गाउँमा पहिलो पटक जीप पुग्दा स्थानीयहरु खुशी भएका छन् भने जीप चालकलाई गाउँमा फुलमाला सहित सम्मान गरिएको छ । गाउँ सडक सञ्जालसंग जोडिएपछि आवतजावत गर्न, सामान ढुवानी गर्न सहजता हुने भन्दै स्थानीय खुशी भएका छन् ।
पूर्वाधार विकास कार्यालयको १ करोड बजेटमा मुरैबाट अपिहिमालको सितोला खडियान जोड्ने सडकको निर्माणकार्य जारी रहेको वडा अध्यक्ष महताले जानकारी दिनुभयो ।





प्रतिक्रिया