विश्व वातावरण दिवस दार्चुलामा पनी मनाइयो

दार्चुला । “प्लाष्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व” भन्ने मूल नाराका साथ विश्व वातावरण दिवस दार्चुलामा पनि विविद् कार्यक्रम गरी मनाइएको छ ।

अपी नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुला र डिभिजन वन कार्यालय दार्चुलाको सयुक्त आयोजनामा प्रभातफेरी, हाजिरीजवाफ प्रतियोगिता र बतृत्वकला प्रतियोगिता र बृक्षरोपण गरी दिवस मनाइएको अपी नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका प्रमुख विनय कुमार झाले जानकारी दिनुभयो ।

दिवसको अवसरमा “प्लाष्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व” विषयक अन्तरक्रिया तथा सरोकारवालाहरुसंग छलफल गरिएको  उहाँले बताउनुभयो ।

त्यस्तै दिवसको पूर्वसन्ध्यामा बुधवार (हिजो)  अपी नाम्पा संरक्षण क्षेत्र कार्यालय, दार्चुलाको आयोजना तथा राष्ट्रिय प्रकृति संरक्षण कोष र शुक्लाफाँटा संरक्षण कार्यालयको सहयोगमा  नेपाल भारतका अधिकारीहरुबिच वन्यजन्तु संरक्षणको लागि समन्वयात्मक बैठक सम्पन्न भएको थियो ।बैठकमा वन तथा वन्यजन्तु संरक्षण र सम्वर्धनका लागि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

बैठकमा पशुपक्षी तथा वन्यजन्तुको संरक्षण, सीमा क्षेत्रमा हुने काठ तथा जडिबुटी तस्करी न्यूनीकरण एवम् नियन्त्रणका लागि नवीन सूचना प्रणालीको सदुपयोग गर्दै दुई देशबिच समन्वयात्मक ढङ्गबाट सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिएको कार्यालय प्रमुख झाले बताउनुभएको छ ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?