शैल्यशिखर–६ मा भूमी आयोगद्धारा पुर्जा वितरणको तयारी, हकदाबीको लागि ७ दिने सूचना

दार्चुला । भूमी समस्या समाधान आयोग दार्चुलाले शैल्यशिखर नगरपालिकाको वडा नम्बर ६ का विभिन्न टोलहरुमा पुर्ज वितरणको लागि अन्तीम तयारी थालेको छ ।

नगरपालिकाको वडा नम्बर ६ अन्तरगत साविकको ग्वानी गाविसका वडा नम्बर १,२ र ३ मा पुर्जा वितरणको अन्तीम तयारी अन्तरत हकदाबीको लागि ७ दिने सूचना प्रकाशन गरेको भूमी समस्या समाधान आयोग जिल्ला समिती दार्चुलाका अध्यक्ष लाल सिंह धामीले बताउनुभयो ।

उक्त क्षेत्रमा केही दिन पहिले जग्गाको सर्वेक्षण सम्पन्न गरिएको थियो भने पुर्जा वितरणको लागि ७५ जनाको फाईत दर्ता गरिएको थियो । आयोगले अहिले उक्त क्षेत्रका निबेदक आवश्यक थप पुरक प्रमाण तथा कागजातहरु पेश गर्न वा कुनै पनि दाबी बिरोध र उजुरी गर्नुपर्ने भए त्यसको लागि ७ दिने सूचना प्रकाशन गरेको धामीले बताउनुभयो ।

कार्यालयले हिजो एक सूचना प्रकाशित गर्दै थप पुरक प्रमाण तथा कागजात पेश गर्न र कुनै दाबी बिरोध वा उजुर गर्नुपर्ने भए कार्यालयमा पेश गर्न अनुरोध गरेको धामीले जानकारी दिनुभयो ।

यस अघि नगरपालिका वडा नम्बर ६ का विभिन्न टोलहरुमा भूमीहिन सुकुम्बासी, भूमीहिन दलित र अव्यवस्थित बसोबासीहरुको तथ्याङ्क संकलन गरिएको थियो ।

फाइल दता गरिएका ७५ जनालाई असार मसान्त भित्रै जग्गाधनी ९रातो० पुर्जा वितरण गर्ने गरि तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?