दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकाको १७ औँ नगर अधिवेसन बैठक जेठ ३० गते सञ्चालन हुने भएको छ ।
नगरपालिकाको आगामी आर्थिक वर्ष २०८२।८३ को बार्षिक नीती तथा कार्यक्रम प्रस्तुत गर्न नगर अधिवेसनको आयोजना गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर बिष्टले जानकारी दिनुभयो । १७ औँ नगर अधिवेसन जेठ ३० गते बिहान ११ः३० बजेबाट शैल्यशिखर नगरपालिकाको कृषि तथा पशु भवनको हलमा सञ्चालन हुने उहाँले बताउनुभएको छ ।





प्रतिक्रिया