मालिकार्जुन-६ उकुमा पशु स्वास्थ्य शिविर सम्पन्न, साढे ४ सय पशुको उपचार

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ६ उकुमा एकदिने पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

सामुदायिक ग्रामिण विकास समाज नेपालको आयोजना मालिकार्जुन गाउँपालिकाको समन्वय र गुड नेईवर्स ईन्टरनेश्नलको आर्थिक सहयोगमा शिविर सञ्चालन गरिएको एकिकृत सामुदायिक विकास परियोजनाका सहकारी व्यवसाय विकास अधिकृत मनोरथ जोशीले जानकारी दिनुभयो । पशु स्वास्थ्य शिविर मार्फत बाख्राहरुमा देखिएको रोग र बाह्य परजिवीको उपचार गरिएको छ ।

शिविरमा बाख्रालाई बाह्य परजिवी नियन्त्रणको खोप लगाइएको उहाले बताउनुभयो । शिविरमा बाख्राका लागि जुकाको औषधि र भिटामिन वितरण गरिएको छ ।

मालिकार्जुन गाउँपालिकाका पशु प्राविधिक, एकिकृत सामुदायिक विकास परियोजनाका पशु प्राविधिक सिद्धार्थसिंह धामीले शिविरमा सेवा दिएको उहाले बताउनुभयो । त्यस क्षेत्रका एक सय जना किसानले आफ्ना बाख्राहरुको उपचार गराएका छन् । त्यस्तै भोली वडा नम्बर ३ प्रेमसिंह धामी प्रटिष्ठान भवन नजिक मडमा र शनिवार वडा नम्बर २ को ठिङधार (चौरासेन) मा शिविर सञ्चालन हुने बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?