ढल निकासको व्यवस्थापन नहुँदा गोकुलेश्वर बजार जलमग्न

दार्चुला । गयरातीको वर्षाले दार्चुलाको गोकुलेश्वर बजार जलमग्न भएको छ ।

जिल्लाकै दोस्रो ठुलो बजार गोकुलेश्वरको मुख्य बजार क्षेत्र ढल निकासको व्यवस्थापन नहुँदा वर्षाले जलमग्न भएको गोकुलेश्वर बहुमुखी क्याम्पसका उप–प्राध्यापक प्रेमराज जोशी (सन्देश) ले जानकारी दिनुभयो । गोकुलेश्वरको मुख्य बजार क्षेत्र, अस्पताल, क्याम्पस, स्कुल र शैल्यशिखर नगरपालिका जोड्ने मुख्य सडक (गल्छी) वर्षाले जलमग्न भएको अर्का स्थानीय केशब बिष्टले बताउनुभयो । स्थानीय व्यापारीहरुले बजारको गल्छीमै सामान राखेर बस्दा वर्षाको दिन बाहेक पनी आवतजावत र सवारी साधन गुडाउन मुस्किलै हुने स्थानीयको गुनासो छ ।

स्थानीय व्यापारीहरुले बजारक्षेत्रमा मनमैजी ढंगले संरचना निर्माण गर्दा र दायाँ बायाँ बाट माटो थुप्रार्दा समस्या भएको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुरेन्द्र बहादुर बिष्टले जानकारी दिनुभयो । यसअघि उक्त क्षेत्रमा नाली निर्माणको लागि बजेट आएको भएपनी स्थानीय र व्यापारीहरुले नै विरोध गर्दा कार्यान्वयन हुन नसकेको उहाँले बताउनुभयो । नगरपालिकाले वडा कार्यालयलाई समेत जानकारी गराएर उक्त क्षेत्रमा नाली व्यवस्थापन गर्न अनुरोध गरेको प्रशासकीय अधिकृत बिष्टले बताउनुभएको छ, यदपी उक्त क्षेत्रका स्थानीय र व्यपारीहरुले नाली व्यवस्थापनमा विरोध जनाउदै आएका छन् ।

स्थानीयले सहयोग गरे नगरपालिकाले सो क्षेत्रमा ढल व्यवस्थापन गर्न सक्ने उहाँले बताउनुभएको छ । बजार क्षेत्रनै जलमग्न हुदाँ वर्षाको समयमा मुख्य कार्यालयहरुमा आवत जावत गर्न स्थानीयलाई सास्ती भएको गुनासो छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?