लेकम गाउँपालिकामा दिवा खाजा सम्बन्धि पालिकास्तरीय समन्वयात्मक बैठक सम्पन्न

दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा दिवा खाजा व्यवस्थापन सम्बन्धि पालिकास्तरीय समन्वयात्मक बैठक सम्पन्न भएको छ ।

सप्रोस नेपालको आयोजनामा गाउँपालिकाको सभाहलमा सरोकारवालाहरुको उपस्थितिमा समन्वयात्मक बैठक सम्पन्न भएको सप्रोस नेपाल लेकमका फिल्ड प्राविधिक विकास कठायतले जानकारी दिनुभयो ।

कार्यक्रममा अगामी वर्षको रणनीति, दिवाखाजा कार्यविधि, बजेट लगायतका विषयमा छलफल गरिएको हो । कार्यक्रममा सप्रोस नेपाल लेकमका फिल्ड प्राविधिक विकास कठायतले दिवा खाजा कार्यक्रममा आवश्यक पर्ने बजेट, रणनिती र कार्यविधिका बारेमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा लेकम गाउँपालिका अध्यक्ष रामदत्त जोशी, उपाध्यक्ष माधवी जोशी, निमित्त प्रमुख प्रशासकीय अधिकृत अम्बादत्त जोशी, वडा नम्बर १,२,४ र ५ का वडा अध्यक्षहरु जनप्रतिनिधिहरु, शाखागत कर्मचारीहरु सुरक्षाकर्मी, सञ्चारकर्मी लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?