दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा “वैदेशिक रोजगारीको कल्याणकारी सेवा” सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
लेकम गाउँपालिका रोजगार सेवा केन्द्रको आयोजनामा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ । कार्यक्रममा रोजगार संयोजक राधावल्लव जोशीले वैदेशिक रोजगारीको कल्याणकारी सेवा सम्बन्धि जानकारी गराएका थिए । वैदेशिक रोजगारीमा जानेहरुलाई आन्तरिक रोजगारी दिएर युवा पलायन रोक्न गरिएका प्रयासहरु, सीप विकास तालिम र अगामी रणनीतिका बारेमा छलफल गरिएको छ ।
त्यस्तै वैदेशिक रोजगारीमा गइ दिंवगत भएमा सहयोग र समन्वय गरी आवश्यक पहलका लागि आवश्यक पर्ने व्यक्ति संस्था र पहलका चरणहरुको विषयमा जानकारी सहित समिक्षा गरिएको छ । गाउँपालिकाको रोजगार शाखाले दिने रोजगारी तालिमहरु आवश्यकताका आधारमा सञ्चालन गर्ने, आवश्यकता अनुसार क्षेत्रगत ढंगले रोजगारी दिलाउने लगायतका विषयमा सहभागीहरुबीच छलफल गराइएको छ ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अम्बादत्त जोशीको अध्यक्षता रहेको कार्यक्रममा गाउँपालिका अध्यक्ष रामदत्त जोशीको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यस्तै कार्यक्रममा गाउँपालिका उपाध्यक्ष माधवी जोशी, वडा अध्यक्षहरु, शाखागत कर्मचारीहरु, सञ्चारकर्मी लगायत सरोकारवालाहरुको सहभागीता रहेको थियो ।





प्रतिक्रिया