दार्चुला । दार्चुला सदरमुकाम खलंगा र शैल्यशिखर नगरपालिका ९ गोकुलेश्वर बजारमा यात्रु सहायता कक्षा स्थापना गरिएको छ ।

दशैं, तिहार र छठजस्ता चाडपर्वको बेला यात्रुहरुलाई सहयोग पुर्याउने उद्देश्यले सोमबार खलंगा बसर्पाक र मंगलबार गोकुलेश्वर बसर्पाकमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।

चाडपर्वको समयमा यात्रुहरुबाट बढी भाडा लिएको, क्षमता भन्दा बढी यात्रु बोकेको, सवारी साधनमा स्वास्थ्य सुरक्षा सतर्कता नअपनाएको लगायत समस्या सामाधान गर्न यात्रु सहायता कक्ष स्थापना गरिएको प्रहरीले जनाएको छ ।

कुनै पनि समस्यामा परे प्रहरीको एक सय नम्बर र ट्राफिक प्रहरीको फोनमा सम्पर्क गरेर खबर गर्न यात्रुहरुलाई आग्रह गरिएको छ । मालिकार्जुन लगायत बढी चहलपहल हुने थप केहि स्थानमा यात्रु सहायता कक्ष स्थापना गर्ने योजना रहेको प्रहरीले जनाएको छ ।

दार्चुला सदरमुकाम खलंगामा बुधबार नेपाल प्रहरी र टफिक प्रहरीको संयुक्त यात्रु सहायता कक्ष समेत स्थापना गर्ने कार्यक्रम रहेको प्रहरी निरीक्षक भास्कर चन्दले जानकारी दिनुभयो ।

No description available.

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?