दार्चुलाको शैल्यशिखर-२ मा चौलानी नदीमा बगेर ६० बर्षीय पुरुषको मृत्यु

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर २ मा नदीमा बगेर १ जनाको मृत्यु भएको छ ।

नगरपालिकाको वडा नम्बर २ छेलाबगडमा शनिबार विहान नुहाउने क्रममा चौलानी नदीमा बगेर सोही ठाउँका ६० बर्षीय कृष्ण बहादुर पालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी छत्रबहादुर रावतले जानकारी दिनुभयो ।

मृतक पालको शव पोष्टमार्टमको लागि गोकुलेश्वर अस्पताल लैजाने तयारी भईरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?