दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा महिला सञ्जालका पदाधिकारीहरुको अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।
शनिवार गाउँपालिकाको कार्यालय रातामाटामा गाउँपालिकाका ६ वटै वडाका महिला सञ्जालका पदाधिकारीहरुको अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको गाउँपालिका उपाध्यक्ष माधवी जोशीले जानकारी दिनुभयो ।
अभिमुखिकरण कार्यक्रमको अवसरमा पालिकास्तरीय महिला पतञ्जलि योग समिति पनि गठन गरिएको उहाँले बताउनुभयो । महिला पतञ्जलि योग समिति दार्चुलाका महासचिव धाना कार्कीको सहभागितामा माधवी जोशी संरक्षक रहेको लक्ष्मी पन्तको अध्यक्षतामा १५ सदस्यिय केदारभगवती महिला पतञ्जलि योग समिति गठन गरिएको महिला पतञ्जलि योग समिति दार्चुलाका महासचिव धाना कार्कीले जानकारी दिनुभयो । समितिको उपाध्यक्षमा लक्ष्मी पार्की र महासचिवमा दुर्गा कलौनीसहित १५ सदस्य रहेको उहाँले बताउनुभयो ।
गाउँपालिका उपाध्यक्ष माधवी जोशीको अध्यक्षता रहेको कार्यक्रममा गाउँपालिका अध्यक्ष रामदत्त जोशीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रमा लेकम गाउँपालिकाका निर्वतमान गाउँपालिका अध्यक्ष परमान्नद जोशी, निमित्त प्रमुख प्रशासकीय अधिकृत अम्बा दत्त जोशी, वडा नम्बर २ का वडा अध्यक्ष शिव राज जोशी, कार्यपालिका सदस्य, वडा सदस्य, महिला महिला सञ्जालका पदाधिकारीलगायतको सहभागिता रहेको थियो ।





प्रतिक्रिया