सुदूरपश्चिम प्रदेश सभाको आइतवारको बैठकमा बजेट प्रस्तुत हुने

दार्चुला । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८२र८३ को बजेट भोलि प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ।

संविधानले व्यवस्था गरे अनुसार प्रदेश सरकारले असार १ गते सभामा वार्षिक बजेट प्रस्तुत गर्न लागेको हो। प्रदेश सरकारको बजेट प्रस्तुतिका लागि दिनको ५ बजे प्रदेश सभाको बैठक बोलाइएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिनुभयो।

आगामी आर्थिक वर्षको बजेट तयारीको कार्य पूरा भइसकेको आर्थिक मामिला मन्त्रालयले जनाएको छ। बजेटको सबै काम पूरा भएको आर्थिक मामिला राज्यमन्त्री प्रकाशबहादुर बमले बताउनुभयो।

यसैबिच, प्रदेश सभामा प्रस्तुतिका लागि आर्थिक मामिला मन्त्री बहादुरसिंह थापालाई आज बजेट वक्तव्य हस्तान्तरण गरिएको छ। मन्त्रालयका सचिव राजेन्द्रकुमार हमालले मन्त्री थापालाई बजेट वक्तव्य हस्तान्तरण गर्नुभयो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?