महाकाली नगरपालिकामा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचय पत्र अनिवार्य

दार्चुला । दार्चुलाको महाकाली नगरपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचय पत्र अनिवार्य गरेको छ ।

आगामी आर्थिक बर्षको साउन १ गते देखि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएको हो । विभागकोे बायोमेट्रिक भेरिफिकेशन अनिवार्य गर्ने विषयको पत्रअनुसार साउन १ गतेबाट सामाजिक सुरक्षा भत्ता नविकरण गर्न राष्ट्रिय परिचय पत्र अनिवार्य दर्ता गरिएको हुनुपर्ने प्रावधान अनुसार सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने १६ बर्ष माथिका सबै लाभग्राहीले भत्ता नविकरण गर्न अनिवार्य रुपमा राष्ट्रिय परिचय पत्र दर्ता गर्नुपर्ने महाकाली नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ईश्वरी ठगुन्नाले जानकारी दिनुभयो ।

परिचय पत्र दर्ता गर्न छुटेका १६ बर्ष माथिका लाभग्राहीहरुले आफुसंग भएको आवेदन निस्सा, नागरिकता र पासपोर्ट साईजका २ प्रति फोटोसहित ५ दिन भित्र आ- आफ्नो वडा कार्यालयमा सुचिकृत हुन आग्रह गरिएको उहाँले बताउनुभयो । यसका साथै सामाजिक सुरक्षा भत्ता हाललाई अन्य जेष्ठ नागरिकको हकमा ६८ बर्ष उमेर पुगेकालाई (VERSP-MIS) मा आवद्ध गरि भत्ता प्राप्त गर्दै आएकामा नेपाल सरकारको आर्थिक बर्ष २०८२।०८३ को बजेट बक्तव्य अनुसार उक्त भत्ता पाउने उमेर ७० बर्ष कायम गरिएकोमा हाललाई असार मसान्त सम्म ६८ बर्ष उमेर पुगेका जेष्ठ नागरिकहरुलाई नयाँ नाम दर्ता (बायोमेट्रिक भेरिफिकेशन तथा नविकरण) का लागी साउन १ गते देखि अनिवार्य राष्ट्रिय परिचय पत्र लागु हनुे भएकोले नयाँ पुराना सम्पुर्ण सामाजिक सुरक्षा भत्ता लाभग्राहीलाई अनिवार्य परिचय पत्र दर्ता गर्न आग्रह गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले साउन १ गते देखि राष्ट्रिय परिचय पत्र दर्ता नगराएका लाभग्राहीलाई भत्ता उपलब्ध गराउन नसकिने समेत जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?