दार्चुलाको निसिलमा ढुङ्गा लागेर प्रहरी जवान दिपेन्द्र पाल गम्भिर घाईते

दार्चुला । नेपाल प्रहरीमा कार्यरत दार्चुलाका एक जना प्रहरी जवान ढुङ्गा लागेर गम्भिर घाईते हुनुभएको छ ।

जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ६ निसिल घर भएका प्रहरी जवान पालको काठमाडौँमा दरवन्दी भई बैतडीमा कार्यरत रहेका थिए ।

मङ्गलबार बिहान थागिल भन्ने स्थानमा खर काट्न गएको बेला माथिबाट खसेको ढुङ्गा टाउकोमा लागेपछि दिपेन्द्र घाइते भएको बताइएको छ । उहाँ बिदामा घर आउनुभएको हो ।

घाइते प्रहरी जवान पाललाई अहिले जिल्ला अस्पताल दार्चुला ल्याएइको छ । यता घाइते पाललाई हेलिकोप्टरमार्फत दार्चुलाबाट उद्धार गरी ठुलो अस्पताल लैजान उहाँका आफन्तले माग गर्नुभएको छ । हेलिकोप्टरबाट उहाँको उद्धारका लागि प्रहरी हेडक्वाटरमा कुरा गरिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिनुभयो ।

घाइते प्रहरी जवानको स्वास्थ्य अवस्था बुझ्न दार्चुलाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश दाहाल जिल्ला अस्पताल पुग्नु भएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?