दार्चुलाको निसिलमा ढुङ्गा लागेर घाईते प्रहरी जवान पालको उपचारका क्रममा मृत्यु

दार्चुला । दार्चुलामा ढुङ्गा लागेर गम्भिर घाईते प्रहरी जवान दिपेन्द्र पालको उपचारका क्रममा मृत्यु भएको छ ।

मंगलवार (आज) विहान निसिलको थागिल भन्ने स्थानमा खर काट्न गएको बेला माथिबाट खसेको ढुङ्गा टाउकोमा लागेपछि पाल गम्भिर घाइते भएका थिए । स्थानीयले तत्काल उद्धार गरी जिल्ला अस्पताल दार्चुला पुर्याएको भएपनी उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एंव सूचना अधिकारी छत्र बहादुर रावतले जानकारी दिनुभयो ।

पाल केहि दिन अगाडी मात्रै बिदामा घर आएका थिए । प्रहरी जवान पालको काठमाडौँमा दरवन्दी भई बैतडीमा कार्यरत रहेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?