दार्चुलाको मार्मा गाउँपालिकाद्धारा अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक

दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

मंगलवार गाउँसभाको १७ औँ अधिवेशनबाट नीति तथा कार्यक्रम सार्वजनिक गरिएको गाउँपालिका अध्यक्ष जमन सिंह धामीले जानकारी दिनुभयो । मार्मा गाउँपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा अगामी आर्थिक वर्ष २०८२/८३ लाई शैक्षिक सुधार वर्षका रुपमा विकास गरेर शैक्षिक उन्नयन गर्ने उल्लेख गरिएको छ । त्यस्तै गाउँपालिकाभित्र जडिबुटी र बन पैदावार बृक्षरोपणका कार्यक्रमहरुलाई प्राथमिकता दिईने छ ।

गाउँपालिकाले आर्थिक वर्ष २०८२ भित्रै घर घरमा विद्युतिकरण गर्ने, सडक सञ्जालहरुको विकास गर्ने लगायतका नीति सार्वजनिक गरेको छ । त्यस्तैै आमाबुबा गुमाएका बालवालिकाहरुको लागि “अभिभावक मार्मा” कार्यक्रम सञ्चालनमा ल्याउने, १० सैयाको अस्पताललाई नयाँ आर्थिक वर्षदेखि सञ्चालनमा ल्याउने गरि नीति बनाइएको अध्यक्ष धामीले बताउनुभएको छ ।

गाउँपालिकाले गर्न बाकी रहेका कामहरुलाई पनि निरन्तरता दिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?