दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ६ सिरोडाकी १४ वर्षीया किशोरी भेट्टिएकी छन् ।
बुधवार (हिजो) लेकमको धुलेडीबाट बेपत्ता भएकी धर्मसिंह खत्रीकी १४ वर्षीया छोरी लक्ष्मी खत्री डोटीको बुडरमा फेला परेको इलाका प्रहरी कार्यालय रिठाचौपाताका प्रमुख मोतिसिंह बमले जानकारी दिनुभयो ।
उहाँका अनुसार उक्त किशोरी आज बिहान दार्चुलाबाट महेन्द्रनगर जाने बसमा गएको र बस चेक गर्दा बुडरमा फेला परेको बताइएको छ । उक्त किशोरी अहिले बुडर प्रहरीको नियन्त्रमा रहेकी छन् ।





प्रतिक्रिया