शैल्यशिखरको देथलामा महिला सशक्तिकरण सम्बन्धि अभिमुखिकरण सम्पन्न

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर २ देथलामा महिला सशक्तिकरण सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

शैल्यशिखर नगरपालिका वडा नम्बर २ को आयोजनामा महिला सशक्तिकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको वडा नम्बर २ का वडा अध्यक्ष नरेन्द्र बहादुर पालले जानकारी दिनुभयो । शैल्यशिखर नगरपालिकाका महिला बालवालिका शाखा प्रमुख पुनु रैसवालले कार्यक्रममा सहभागी महिलाहरुलाई महिलाका हक अधिकार, भुमिकाका बारेमा जानकारी गराउनुभएको थियो ।

वडा नम्बर २ का वडा अध्यक्ष नरेन्द्र बहादुर पालको अध्यक्षता रहेको कार्यक्रममा शैल्यशिखर नगर–प्रमुख विजय सिंह धामीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा नगर उप–प्रमुख शान्ती खडायत, प्रमुख प्रशासकीय अधिकृत शुरेन्द्र बिष्ट, महिला अधिकारकर्मी, स्थानीय लगायत सरोकारवालाहरुको आतिथ्यता एंव उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?