दार्चुला । दार्चुलामा ३ दिन विद्युत लाईन अनियमित हुने भएको छ ।
जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ४ बजार क्षेत्रमा विद्युत वितरण प्रशारण लाईन मर्मत,सुदृढिकरण तथा विस्तार कार्य भइरहेकाले विद्युत लाईन अनियमित हुने नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्रका प्रमुख आनन्द सापकोटाले जानकारी दिनुभयो ।
उहाँका अनुसार आज भोली र पर्सी जिल्लाको नौगाड गाउँपालिका दुहुँ गाउँपालिका, ब्याँस गाउँपालिका र महाकाली नगरपालिकामा विद्युत सेवा अनियमित हुने बताइएको छ ।





प्रतिक्रिया