सुदूरपश्चिमसहित देशैभरी भारी वर्षाको सम्भावना, सावधानी अपनाउन आग्रह

दार्चुला । सुदूरपश्चिम लुम्बिनी, बागमती र मधेश प्रदेशका केही ठाउँमा बिहानैदेखि ठूलो पानी परेको छ । पाल्पा, प्यूठान, नवलपरासी, चितवन, बारा, रौतहटलगायतका ठाउँमा ठूलो पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

रुपन्देही भएर बहने नदी खोला तथा बाराको लालबकैया खोला लगायत अरु ससाना खोलामा आकश्मिक बहाव बढ्न सक्ने भएकाले नदीको तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागहरूमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यस्तै अर्घाखाँचीको राङसिङ खोलालगायत अरु साना खोला र कपिलवस्तुको सुरई खोला लगायत अरु साना खोला आसपासमा पनि सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी तथा राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना भएकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?