लेकम-३ लालीमा ७ दिने चिउरी हर्वल साबुन बनाउने सीप विकास तालिम सम्पन्न

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ३ लालीमा ७ दिने चिउरी हर्वल साबुन बनाउने सीप विकास तालिम सम्पन्न भएको छ ।

गाउँपालिकाको आयोजनामा उद्यम विकास शाखा मार्फत सञ्चालन गरिएको कार्यक्रममा वडा नम्बर ३ का २५ जनालाई ७ दिने तालिम सोमवार (आज) सम्पन्न भएको लेकम गाउँपालिकाका उद्यम विकास शाखा प्रमुख पुरन बगालले जानकारी दिनुभयो ।

तालिममा सहभागीहरुलाई शिवलिंग ऋण तथा बचत सहकारी संस्थाका प्रशिक्षक महादेव डडालले प्रशिक्षण दिनुभएको थियो । त्यस्तै भोलीबाट वडा नम्बर २ को कुणीमा चिउरी हर्वल साबुन तालिम सञ्चालन हुने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?