अपिहिमाल गाउँपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकाले अगामी आर्थिक वर्ष २०८२।८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ ।

गाउँसभाको २०औँ अधिवेशनबाट अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको गाउँपालिका अध्यक्ष भक्त सिंह ठेकरे बोहराले जानकारी दिनुभयो । अपिहिमाल गाउँपालिकाले अगामी आर्थिक वर्ष २०८२।८३ लाई सुदूरपश्चिम प्रदेशकै ‘उत्कृष्ट पर्यटकीय गन्तव्य’ पालिका घोषणा वर्षको रुपमा मनाउने भएको छ ।

त्यस्तै गाउँपालिकाले अगामी आर्थिक वर्षभित्र पालिकाको केन्द्रसम्म सडक पुर्याउने, गाउँपालिकाभित्रका १० वटा विद्यालय भवनहरु निर्माण गर्ने, जलवायु अनुकलन कार्यक्रम अन्तरगत कृषि र भेटेरिनरी कार्यक्रमलाई प्रवद्धन गर्ने,शिक्षकहरुलाई तालिमको व्यवस्था गर्ने, वर्थिङ सेन्टरहरुलाई व्यवस्थापन गर्ने, लगायतका विषयहरु नीति तथा कार्यक्रममा समावेश गरिएका छन् ।

त्यस्तै स्थानीय उत्पादनको प्रवद्र्धन, युवा सशक्तिकरण,विपद् व्यवस्थापन र सूचना प्रविधिमा आधारित सेवा विस्तार लगायतका विषयहरु समेटिएका छन् । गाउँपालिकाले मंगलवार (भोली) गाउँपालिकाको अगामी आर्थिक वर्ष २०८२।८३ को बजेत सार्वजनिक गर्ने बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?