दार्चुला । दार्चुलामा ब्लड बैंक स्थापनाको लागी सहयोग रकम संकलन भइरहेको छ ।
ब्लड बैंक नहुँदा अस्पतालमा आउने विरामीलाई समस्या भएको भन्दै प्रमुख जिल्ला अधिकारी अनिल पौडेलको पहलमा कर्मचारी, सुरक्षाकर्मीबाट रकम संकलन गरिएको हो । सुरक्षाकर्मी र कर्मचारीबाट संकलन गरिएको ५ लाख २ हजार ८ सय ८१ रुपैयाँ सोमवार (हिजो) प्रमुख जिल्ला अधिकारी पौडेलले नेपाल रेडक्रस सोसाइटी दार्चुलालाई हस्तान्तरण गर्नुभएको छ । ।
प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले रेडक्रस दार्चुलाका सभापति गोपालसिह महरलाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो । जिल्ला अस्पताल दार्चुलामा आउने अधिकांश विरामीलाई रगत चाहिँदा सुरक्षाकर्मीलाई धाउनुपर्ने बाध्यता देखेपछि ब्लड बैंक स्थापना सहयोगार्थ रकम संकलन गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख महादेव बडू (कस्यप), महाकाली नगर प्रमुख नरसिह चैसिर जिल्लास्थित सुरक्षानिकायका प्रमुख एंव प्रतिनिधि, सञ्चारकर्मी लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।





प्रतिक्रिया