लेकम-२ कुणीमा ७ दिने चिउरी हर्वल साबुन बनाउने सीप विकास तालिम सुरु

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर २ कुणीमा चिउरी हर्वल साबुन बनाउने ७ दिने सीप विकास तालिम सुरु भएको छ ।

गाउँपालिकाको आयोजना मंगलवार (आज) बाट ७ दिने साबुन बनाउने सीप विकास तालिम सञ्चालन भएको गाउँपालिकाका उद्यम विकास शाखा प्रमुख पुरन बगालले जानकारी दिनुभयो ।
तालिममा वडा नम्बर २ भित्रका २० जना महिलाहरुको सहभागीता रहेको छ । तालिममा सहभागीहरुलाई शिवलिंग ऋण तथा बचत सहकारी संस्था मार्माका प्रशिक्षक महादेव डडालले ७ दिनसम्म प्रशिक्षण दिने उहाँले बताउनुभएको छ ।

वडा नम्बर २ का वडा अध्यक्ष शिवराज जोशीको अध्यक्षतामा उद्धघाटन गरिएको तालिममा गाउँपालिकाका उद्यम विकास शाखा प्रमुख पुरन बगालको प्रमुख आतिथ्यता रहेको थियो ।त्यस्तै कार्यक्रममा वडा सदस्यहरु,स्थानीय लगायत सरोकारवालाहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?