दार्चुलाको महाकाली नगरपालिकाले ल्यायो ६५ करोड ८१ लाखको बजेट

दार्चुला । दार्चुलाको महाकाली नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागी ६५ करोड ८१ लाख ५६ हजार ५ सय ३७ रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

नगर प्रमुख नरसिंह चैसिरले मंगलवार (आज) प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित भएपछि नगरसभाको १६औँ अधिवेशनबाट नगर उप–प्रमुख दुर्गा कुमारी खत्री बिष्टले बजेट प्रस्तुत गर्नुभएको हो ।

प्रस्तुत बजेटमध्ये ५५ करोड ७८ लाख ८८ हजार ५ सय ३७ रुपैयाँ चालु खर्चका लागि र ८ करोड ६६ लाख रुपैयाँ पुँजीगत खर्चका लागि विनियोजन गरिएको छ।

राजस्व स्रोततर्फ संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान अन्तर्गत १२ करोड ९२ लाख रुपैयाँ सुदूरपश्चिम प्रदेश सरकारबाट १ करोड २६ लाख ३७ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। त्यस्तै केन्द्रबाट राजस्व बाँडफाँटमार्फत प्रदेश सरकारबाट २७ लाख ४९ हजार रुपैयाँ केन्द्रबाट सशर्त अनुदानतर्फ ८ करोड ९६ लाख २ हजार ५ सय रुपैयाँ आउने अनुमान गरिएको छ।

संघ र प्रदेशबाट प्राप्त हुने बजेटसहित नगरपालिकाले आन्तरिक आम्दानीबाट १ करोड १५ लाख रुपैयाँ र अघिल्लो वर्षको मौज्दात रकमबाट ३८ लाख तथा धरौटी मार्फत ९८ लाख ६८ हजार गरी आगामी आर्थिक वर्षको कुल ६५ करोड ८१ लाख ५६ हजार ५ सय ३७ रुपैयाँको बजेट ल्याइएको नगर उप–प्रमुख दुर्गा कुमारी खत्री बिष्टले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?