दार्चुला । दार्चुलाका नौँ वटै स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८२।०८३ को लागी ४ अर्ब ६१ करोड ४८ लाख ३० हजार ६ सय ६८ रुपैयाँको बजेट ल्याएका छन् । चालु र पुजिगत गरी नौँ वटै पालिकाको कुल बजेट ४ अर्ब ६१ करोड नाघेको हो ।
दार्चुलाको महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिका, लेकम गाउँपालिका, मार्मा गाउँपालिका, दुहुँ गाउँपालिका, अपिहिमाल गाउँपालिका र मालिकार्जुन गाउँपालिकाले असार १० गते (हिजो) बजेट सार्वजनिक गरेका छन्। नौगाड र व्याँस गाउँपालिकाले साउन ८ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका थिए ।
पालिकाहरूले सार्वजनिक गरेको बजेट अनुसार जिल्लाको महाकाली नगरपालिकाले सबैभन्दा बढी ६५ करोड ८१ लाख ५६ हजार ५ सय ३७ रुपैयाँ र सबैभन्दा कम दुहुँ गाउँपालिकाले ३५ करोड ७५ लाख ७१ हजार ८ सय १६ रुपैयाँको बजेट ल्याएका छन् । त्यस्तै मालिकार्जुन गाउँपालिकाले ६३ करोड ८ लाख ७० हजार, शैल्यशिखर नगरपालिकाले ६२ करोड ३४ लाख ८४ हजार ९ सय ४ रुपैयाँ, व्याँस गाउँपालिकाले ५५ करोड ५२ लाख ९७ हजार ८ सय ७१ रुपैयाँ, मार्मा गाउँपालिकाले ४५ करोड ९२ लाख ६७ हजार रुपैयाँ,लेकम गाउँपालिकाले ४८ करोड १३ लाख ५६ हजार ५४० रुपैयाँको बजेट सार्वजनिक गरेका छन् । अपिहिमाल गाउँपालिकाले ४० करोड ३ लाख ४० हजार र नौगाड गाउँपालिकाले ४४ करोड ८४ लाख ८६ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका छन् ।
पूर्वाधार निर्माण, सामाजिक, आर्थिक विकास र सेवा प्रवाह तथा संस्थागत सुधारका सबै क्षेत्र समेटेर बजेट निर्माण गरिएको पालिकाहरूले जनाएका छन् । गाउँपालिका अध्यक्ष र नगरपालिका प्रमुखहरूले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम पारित भएपछि उपाध्यक्ष र उपप्रमुखहरूले बजेट प्रस्तुत गरेका हुन् ।





प्रतिक्रिया