दार्चुलामा रोपाईको चटारो

दार्चुला । दार्चुला सहित सुदूरपश्चिमका अधिकासं पहाडी जिल्लामा रोपाई सुरु भएको छ ।

मनसुन सुरु भएसँगै पानी पर्न थालेपछि किसान विउँ उखेल्ने काम र रोपाईमा व्यस्त हुन थालेका छन् । यस वर्ष दार्चुलाका विभिन्न फाँटहरुमा जेठ महिनाको तेस्रो साताबाटै धान रोपाई सुरु भएको थियो । यतिबेला रोपाई लाग्ने सबै क्षेत्रका किसानहरु धान रोपाईमा व्यस्त रहेका छन् । धान रोपाइँका लागि असार महिना नै उपयुक्त मानिने भएपनी सिचाई सुविधा भएका ठाउँहरुमा जेठ तेस्रो साताबाटै रोपाई सुरु भएको कृषि ज्ञानकेन्द्र दार्चुलाका प्रमुख सिद्धराज उपाध्यायले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले मार्मा गाउँपालिका, महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिका, लेकम, गाउँपालिका, मालिकार्जुन गाउँपालिका र दुहुँ गाउँपालिकाका किसानहरु धान रोपाईमा व्यस्त रहेका छन् । दार्चुलामा विषेश गरी सुख्खा कुमल र खुमल जातको धान बढी फल्ने गरेको प्रमुख उपाध्ययले बताउनुभयो ।

यद्यपी यसबाहेक पनी विभिन्न क्षेत्रअनुसार स्थानीय जातका धानहरु समेत लगाउने गरिएको छ । दार्चुलामा गत वर्ष ४ हजार ४ सय १२ हेक्टर जमिनमा धान खेती गरिएकोमा १२ हजार ५ सय ५८ मेट्रिकटन उत्पादन भएको कृषि ज्ञानकेन्द्र दार्चुलाको तथ्याकले देखाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?