यसवर्षको शिखर पूजन जात्रा असार २५ गते

दार्चुला । दार्चुलाको श्री शैल्य शिखर धाममा यहि असार २५ गते शुक्ल चतुर्दशीका दिन पूजन जात्रा लाग्ने भएको छ ।

प्रतेक वर्ष असार शुक्ल चतुर्दशी र कात्तिक शुक्ल त्रयोदशीका दिन शिखर धुरामा पूजन जात्रा लाग्ने गर्दछ । यसपालिकाको असार शुक्ल चतुर्दशीको शिखर पूजन जात्रा असार २५ गते लाग्ने भएको मालिकार्जुन मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

जिल्लाको मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकाको सीमा क्षेत्रमा पर्ने शिखर धामको पूजन जात्रामा दार्चुला बैतडी सहित सुदूरपश्चिमका विभिन्न जिल्लाका साथै छिमेकी राष्ट्र भारतका विभिन्न क्षेत्रका भक्तजनहरुको पूजाआजाका लागि पुग्ने गरेका छन् । पवित्र मनले शिखर धामको दर्शन गर्नाले पुण्य मिल्ने, निःसन्तालाई सन्तान, सुख प्राप्त हुने र मनोकामना पूरा हुने जनविश्वास रहेको ज्योतिष इन्द्र देव जोशीले बताउनुभयो ।

आस्थाको धरोहर मानिने शैल्यशिखर धामको दर्शन गर्न विवाहित महिला तथा ब्रतबन्ध गरेका पुरुषले एक महिना अर्थात् १५ दिन अगाडिदेखि नै शुद्ध भएर एक छाक खान खाएर पवित्र मनले शिखर जात्राको यात्रा गर्नुपर्ने धार्मीक मान्यता रहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?