दार्चुलासहित सुदूरपश्चिममा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

दार्चुला । दार्चुलासहित सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा रातिदेखि नै पानी परेको छ । पानी परिरहेका दार्चुला, डोटी र बाजुरामा पहिरो र आकश्मिक बहावको जोखिम देखिएको भन्दै सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

दार्चुलाको गोकुलेश्वर, डोटीको पश्चिम सेती र बाजुराको ओलेना तथा आसपासका क्षेत्रमा हल्कादेखि मध्यम वर्षा मापन भएकाले साना खोलाहरूमा आकश्मिक रूपमा बहाव बढ्न सक्ने भन्दै महाशाखाले सतर्क रहन भनेको हो ।

अहिले बिहानपख भने सुदूरपश्चिमका विभिन्न ठाउँमा पानी परिरहेको छ । यसैबीच आज बेलुकीदेखि लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले मनसुन विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । महाशाखाका अनुसार आज बेलुकीदेखि पर्सि सोमवार बिहानसम्म कर्णाली प्रदेशको पहाडी भू–भाग, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी र तराईका भूभागका थोरै ठाउँमा तथा अरु प्रदेशका पहाडी भू–भागका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

सम्भावित वर्षाको कारणले भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माणकार्य, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?