दार्चुलाको ७ सय हेक्टर क्षेत्रफलमा धान रोपाई सम्पन्न, भोली धान दिवस मनाइने

दार्चुला । दार्चुलामा यतिबेला धान रोपाईको चटारो छ । जेठको तेस्रो साताबाटै दार्चुलामा धान रोपाई सुरु भएको कृषि ज्ञानकेन्द्र दार्चुलाले जनाएको छ ।

जिल्लाको कुल खेतीयोग्य क्षेत्रफल २९ हजार ५४४ हेक्टर क्षेत्रफल जमिन मध्ये ४ हजार ४२२ हेक्टर क्षेत्रफलमा धान रोपाई हुने गरेको उहाँले बताउनुभएको छ । असारको ८ गते सम्म ७ सय हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्न भई १५ दशमलव ८३ प्रतिशत रोपाई सम्पन्न भएको उहाँले बताउनुभयो । दार्चुलामा सुख्खा कुमल र खुमल जातको तथा अन्य लोकल जातको धान उत्पादन हुने प्रमुख उपाध्यायले बताउनुभयो ।

जिल्लाको ३२ दशमलव १२ प्रतिशत अर्थात ९ हजार ४९२ हेक्टर क्षेत्रफल जमिन सिंचाईको पहुँचमा रहेको बताइएको छ । खेतीयोग्य जमिन २९ हजार ५४४ हेक्टर क्षेत्रफल मध्ये २२ हजार ८२५ हेक्टर क्षेत्रफल खेती गरिएको जमिनमा सिंचाईको सुविधा पुगेको छ । दार्चुलामा वार्षिक १२ हजार ५५८ मेट्रिक टन अर्थात २ दशमलव ८४ प्रतिशत धान उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ ।

यसवर्षको धान दिवस असार १५ गते (भोली) महाकाली नगरपालिका वडा नम्बर ५ किम्तडीमा मनाईने कार्यालय प्रमुख उपाध्यायले बताउनुभएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?