दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकाबाट २०८१ सालको एसईई परीक्षामा १६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गाउँपालिबाट एसईई परीक्षामा सहभागी विद्यार्थी मध्ये १६.६६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन् । गाउँपालिका भरिका ११ वटा विद्यालयबाट १ सय ८६ जनाले एसईई परीक्षा दिएकोमा ३१ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।
गाउँपालिकाको शंकरपुर माध्यमिक विद्यालय पस्तीबाट २५ जनाले परीक्षा दिएकोमा ५ जना उत्तीर्ण भएका छन् ।
त्यस्तै निलपतालेश्वर माध्यमिक विद्यालय भर्तोलाबाट १७ जनाले परीक्षा दिएकोमा ४ जना,डिन्सी माध्यमिक विद्यालय डिन्सीबाट ७ जनाले परीक्षा दिएकोमा ४ जना, सरस्वती माध्यमिक विद्यायल उकूबाट २३ जनाले परीक्षा दिएकोमा १ जना र मालिकार्जुन माध्यमिक विद्यालय मडबाट ३७ जनाले परीक्षा दिएकोमा १ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।
त्यस्तै खान माध्यमिक विद्यालय ऐरिछानाबाट ६ जनाले परीक्षा दिएकोमा १ जना, गरडा माध्यमिक विद्यालय बाँकुबाट १९ जनाले परीक्षा दिएकोमा ३ जना, सरस्वती माध्यमिक विद्यालय सेलिचमाबाट १३ जनाले परीक्षा दिएकोमा ३ जना, कृष्ण माध्यमिक विद्यालय डाडाकोटबाट २४ जनाले परीक्षा दिएकोमा ७ जना र राष्ट्रिय माध्यमिक विद्यालय ठिङबाट ९ जनाले परीक्षा दिएकोमा २ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।
गाउँपालिकाको हुनैनाथ माध्यमिक विद्यालय चन्दनपुरबाट ६ जनाले परीक्षा दिएकोमा सबै विद्यार्थी ननग्रडेड रहेका छन् ।





प्रतिक्रिया