राष्ट्रिय धान दिवस दार्चुलामा पनि मनाईयो, जिल्लाभर ७० प्रतिशत बढी रोपाई सम्पन्न

दार्चुला । हरेक वर्ष असार १५ गते मनाइने धान दिवस दार्चुलामा पनि आज खेतमा धान रोप्दै दही चिउरा खाएर मनाइँएको छ । नेपालमा २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । दार्चुलामा पनि कृषि ज्ञान केन्द्र दार्चुला र महाकाली नगरपालिकाको आयोजनामा महाकाली नगरपालिका वडा नम्बर ५ किम्तडीमा धान दिवस मनाईएको कृषि ज्ञान केन्द्र दार्चुलाका सूचना अधिकारी शिशिर आर्चायले बताउनुभयो ।

जिल्ला समन्वय समिति प्रमुख महादेव बडू, प्रमुख जिल्ला अधिकारी अनिल पौडेल, महाकाली नगरपालिकाका उप प्रमुख दुर्गाकुमारी खत्री विष्ट, कृषि ज्ञान केन्द्र दार्चुलाका प्रमुख शिद्धराज उपाध्याय लगायत जनप्रतिनिधि, जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, विभिन्न संघ, संस्थाका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि एवम् स्थानीयहरुको सहभागितामा धान दिवस मनाईएको उहाँले बताउनुभयो ।

दार्चुलामा कुल खेतीयोग्य क्षेत्रफल २९ हजार ५४४ हेक्टर जमिन मध्ये ४ हजार ४२२ हेक्टर क्षेत्रफलमा धान रोपाई हुने गरेकोे छ । हालसम्म ७० प्रतिशत बढी रोपाई सम्पन्न भएको कृषि ज्ञान केन्द्र दार्चुलाका प्रमुख शिद्धराज उपाध्यायले जानकारी दिनुभयो । दार्चुलामा सुख्खा कुमल र खुमल जातको तथा अन्य लोकल जातको धान उत्पादन हुने प्रमुख उपाध्यायले बताउनुभयो । जिल्लाको ३२ दशमलव १२ प्रतिशत अर्थात ९ हजार ४९२ हेक्टर क्षेत्रफल जमिन सिंचाईको पहुँचमा रहेको बताइएको छ । दार्चुलामा वार्षिक १२ हजार ५५८ मेट्रिक टन अर्थात २ दशमलव ८४ प्रतिशत धान उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । कृषिप्रधान देश भएकाले नेपालका धेरै मानिसको पेसा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् ।

आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ । असारमा एकपटक हिलोमा पस्नैपर्ने मान्यता नेपालीमा समाजमा रहेको छ । असारमा कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ । खेतीपातीबाहेक अरु पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाएका छन ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?