लेकम-३ ऐरपालीमा रहेको लामाईजर झोलुङ्गे पुल पहिरोको जोखिममा

दार्चुला । पहिरोले लेकम गाउँपालिका वडा नम्बर ३ ऐरपालीमा रहेको साँजिगाड खोलाको लामाईजर झोलुङ्गे पुल जोखिममा परेको छ। आइतबार रातीको बर्षाको कारण पुल छेउमा पहिरो खस्दा पुल जोखिममा परेको स्थानीय रमेश प्रसाद भट्टले जानकारी दिनुभयो ।

गाउँपालिकाको वडा नम्बर ३ का विभिन्न बस्तीहरु जोड्ने पुलमा पहिरो खस्दा स्थानीयहरुलाई आवतजावतमा समस्या भएको छ। पुलमा पहिरो खस्दा वडा नम्बर ३ को उक्मा, गुम्खा, झलाती लगायतका टोलका स्थानीय र विद्यार्थीहरु समस्यामा परेको उहाँले बताउनुभयो ।

उक्माका विद्यार्थीहरुलाई (कृष्ण मावि लाली) विद्यालय सम्म जान समस्या भएको स्थानीय भट्टले बताउनुभयो । उक्मा, गुम्खालगायतका बस्तीका स्थानीयहरुले गाउँपालिका केन्द्र आवतजावत गर्न पनि सोही पुल प्रयोग गर्ने हुँदा समस्या भएको छ।

तत्कालको लागी पुल माथि खसेको पहिरो पन्छ्याएर आवतजावत गर्न सकिने अवस्था रहेको भए पनि पहिरोको जोखिम भने कायमै रहेको उहाँले बताउनुभयो ।

५ बर्ष पहिले निर्माण सम्पन्न भएको उक्त पुलमा पहिरोले हिडडुल गर्न समस्या भएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?