लेकमको रिठाचौपाता स्वास्थ्य चौकीमा निःशुल्क प्रजनन् स्वास्थ्य शिविर सञ्चालन हुने

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ५ मा अवस्थित रिठाचौपता स्वास्थ्य चौकीमा महिलाहरुको लागि निःशुल्क प्रजनन् स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।

स्वास्थ्य कार्यालय दार्चुलाको आयोजना एंव लेकम गाउँपालिकाको समन्वयमा असार २० र २१ गते शिविर सञ्चालन हुने बताइएको छ । शिविरमा स्त्रीरोग सम्बन्धि चिकित्सकीय सेवा पाठेघर खस्ने समस्या तथा अष्टेटिक फिस्टुलाको स्किनिङ तथा रिङ पेसरी सेवा, यौन रोग जाँच तथा उपचार सेवा, पाठेघरको मुखको क्यान्सर सम्बन्धि परीक्षण लगायतका सेवा प्रदान गरिने स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख विरेन्द्र भट्टले जानकारी दिनुभयो ।

शिविरमा परिवार नियोजनको इमपलान्ट आइ यु सी डी सेवा, प्रयोयशाला सेवा, प्रजनन् स्वास्थ्य सम्बन्धि स्वास्थ्य शिक्षा तथा परामर्श सेवा प्रदान गरिने उहाँले बताउनुभएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?