दार्चुला । दार्चुलाको लेकम गाउँपालिकाले वडाहरुबाटै शिविरका माध्यमबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ ।
लेकम गाउँपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार चौथौ त्रैमासिक अवधिको सामाजिक सुरक्षा भत्ता वितरण शिविर बुधवार (भोली) बाट सुरु हुने गाउँपालिकाका एम आई एस अपरेटर प्रकाश राज बिष्टले जानकारी दिनुभयो । बुधबार (भोली ) गाउँपालिकाको वडा नम्बर २ कुणमी शिविर सञ्चालन हुनेछ ।
त्यस्तै १९ गते वडा नम्बर ४ खरकडामा, २० गते वडा नम्बर ६ उचाकोटमा २२ गते वडा नम्बर १ को सर्मोलीमा र २३ गते वडा नम्बर ३ को लालीमा सामाजिक सुरक्षा भत्ता वितरण शिविर सञ्चालन गरिने उहाँले बताउनुभयो । त्यस्तै वडा नम्बर ५ को हकमा बैंक नजिकै रहेकाले बैंकबाट सेवा दिईने बताइएको छ ।
लाभग्राहीहरुलाई नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, सामाजिक सुरक्षा भत्ता लाभग्राही परिचयपत्र, अपाङ्गता परिचय पत्र र चेक बुक लिएर भत्ता बुझिलिन गाउँपालिकाले आग्रह गरेको छ।





प्रतिक्रिया