महाकाली नदीमा फेला परेको शवको पहिचान हुन नसकेपछि नगरपालिकाद्धारा अन्तेष्टी

दार्चुला । दार्चुलामा वेवारिसे अवस्थामा भेट्टिएको शवको पहिचान नभएपछि अन्तेष्टि गरिएको छ ।

असार १३ गते (शुक्रवार) जिल्ला प्रहरी कार्यालयको तलतिर महाकाली नदी किनारमा अन्दाजी ३५ वर्षीय पुरुषको वेवारिसे शव भेट्टिएको थियो । प्रहरीले नदी किनारबाट शव निकालेर जिल्ला अस्पताल दार्चुलाको शव गृहमा राखेको थियो ।

आईतवारसम्म शवको पहिचान हुन नसकेपछि प्रहरीले शव महाकाली नरपालिकालाई हस्तान्तरण गरेको र महाकाली नगरपालिकाले आईतवार नै अन्तेष्टी गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एंव सूचना अधिकारी छत्र बहादुर रावतले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?