लेकम-३ ऐरपालीमा रहेको लामाईजर झोलुङ्गे पुलमा खसेको पहिरो पन्छाइयो, जोखिम कायमै

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ३ ऐरपालीमा रहेको साँजिगाड खोलाको लामाईजर झोलुङ्गे पुलमा खसेको पहिरो सशस्त्र प्रहरीले पन्छाएको छ ।

वडा नम्बर ३ को समन्वयमा सशस्त्र प्रहरीले मंगलवार (आज) पहिरो पन्छाएको लेकम गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष शुरेश सिंह थापाले जानकारी दिनुभयो । आइतवार रातीको बर्षाको कारण पुल छेउमा पहिरो खस्दा पुल जोखिममा परेको थियो भने आवतजावतमा समस्या परेको थियो ।

तत्कालको लागी पुल माथि खसेको पहिरो पन्छ्याएर आवतजावत गर्न सकिने व्यवस्था मिलाएपनी उक्त क्षेत्रमा पहिरोको जोखिम भने कायमै रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?