खलंगाको खानेपानीमा ‘ई-कोली’ भेटियो, सुधारको लागि स्वास्थ्य कार्यालय दार्चुलाको सुझाव

दार्चुला । दार्चुला सदरमुकाम खलंगा बजार क्षेत्रमा वितरण हुँदै आएको खानेपानीमा ‘ई-कोली'(E.Coli) जीवाणु फेला परेको छ। स्वास्थ्य कार्यालय, दार्चुलाको टोलीले संकलन गरेको नमुना परीक्षणमा पानीको गुणस्तर राष्ट्रिय मापदण्डअनुसार नदेखिएको पुष्टि भएको हो।

जिल्ला प्रशासन कार्यालय दार्चुलाको समन्वयमा बसेको सरोकारवालाहरूको बैठकले खलंगामा खानेपानीको गुणस्तर समस्याबारे पहिचान गरी समाधानका लागि आवश्यक कदम चाल्ने निर्णय गरेको थियो। सोही अनुसार स्वास्थ्य कार्यालय प्रमुखसहितको टोलीले खलंगा वितरण हुदै आएको पानीका विभिन्न ५ वटा मुहान तथा धाराहरुबाट संकलन गरिएको पानीको नमुना परीक्षण गर्दा ‘ई-कोली’ जीवाणु फेला परेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ।

स्वास्थ्य कार्यालय दार्चुलाले खलंगामा सञ्चालन भइरहेको खानेपानी योजनाको सुधारका लागि विभिन्न सुझावहरू पनि दिएको छ।

राष्ट्रिय खानेपानी गुणस्तर मापदण्डअनुसार खानेपानीमा हुनुपर्ने क्लोरिन (FRC) को मात्रा न्यून देखिएकोले आगामी दिनमा नियमित रूपमा पानीमा आवश्यक क्लोरिन मिसाएर मात्र वितरण गर्न सुझाव दिइएको छ।

त्यस्तै संकलन गरिएका ५ वटा नमुना मध्ये ४ स्थानको नमुनामा (मुल, प्रशोधन यसनिट र उपभोक्त)को पानीमा ई कोली देखिएकोले सो समस्या समाधानको लागि नियमित रुपमा क्लोरिनको साथै पानीको पानीको मुहान वरिपरीको सरसफाई, छेकबार, रेखदेख र पानी सप्लाई गरिने पाईपहरुबाट अन्य दुषित पानी मिसिन नदिन निरन्तर निगरानी गर्नुपर्ने सुझाव दिएको छ। साथै, पानीजन्य रोगहरूको जोखिम बढ्न नदिन आम नागरिकलाई गुणस्तरीय र सुरक्षित पानी मात्रै प्रयोग गर्न आग्रह गरिएको छ।

जिल्ला सदरमुकाम खलंगा बजार क्षेत्रमा देखिएको दूषित खानेपानी आपूर्तिको समस्या समाधानका लागि असार १५ गते प्रमुख जिल्ला अधिकारी अनिल पौडेलको अध्यक्षतामा सर्वपक्षीय बैठक बसेको थियो ।

सोही बैठकको निणर्य अनुसार जिल्ला स्वाथ्य कार्यालय दार्चुला र महाकाली नगरपालिकाको टोलीले सयुक्त रुपमा पानीका मुहानहरुको निरीक्षण पश्चात नमुना संकलन गरि परीक्षण गरिएको हो ।

उक्त संकलन गरिएको नमुना असार १६ र १७ गते स्वाथ्य कार्यालयको प्रयोगशालामा भौतिक, रसायनिक र सुक्ष्म जैबिक परीक्षण गर्दा राष्ट्रिय खानेपानी गुणस्तर निगरानी (सर्बिलेंस) निर्देशिका २०७० (प्रथम संसोधन २०७६) अनुसार हुनुपर्ने मापदण्ड नपाईएकोले महाकाली नगरपालिका मार्फत खलंगा शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समिति, दार्चुलालाई पानीको परीक्षण नतिजासहित सुझाव पेश गरिएको जिल्ला स्वाथ्य कार्यालय दार्चुलाका प्रमुख विरेन्द्र प्रसाद भट्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?