राजश्व बुझाउन भूमि समस्या तथा समाधान आयोग दार्चुलाद्धारा ७ दिनको म्याद थप

दार्चुला । भूमि समस्या समाधान आयोग, जिल्ला समिति दार्चुलाले ८१ जना अव्यवस्थित बसोबासीलाई राजस्व बुझाउने म्याद ७ दिनका लागि थप गरिएको छ ।

विगतदेखी नै सरकारी जमिन चलनभोग गरिरहेका शैल्यशिखर नगरपालिका वडा नम्बर ६ ग्वानीका स्थानीयलाई जग्गाको लालपुर्जा उपलब्ध गराउन जग्गाको नापजाँच, तथ्यांक सङ्कलन र नक्साङ्कन गरि सम्बन्धित व्यक्तिहरुलाई राजश्व बुझाउनको लागि ७ दिनको म्याद थप गरिएको भूमि समस्या समाधान आयोग दार्चुलाका अध्यक्ष लालसिंह धामीले जानकारी दिनुभयो ।

सेतोपुर्जा भएका जग्गाधनीलाई नेपाल सरकार भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत सङ्कलन सम्बन्धी कार्यविधि २०७८ अनुसार अव्यवस्थित बसोबासी भनिएको छ । ग्वानीका ८१ जना अव्यवस्थित बसोबासीलाई राजश्व रकम दाखिला पश्चात लालपुर्जा वितरण गरिने उहाँले बताउनुभयो । त्यस्तै हालसम्म २२ जनाले राजश्व बुझाएको र ५९ जनाले बुझाउन बाकीँ रहेको उहाँले बताउनुभयो ।

भूमि समस्या समाधान आयोग जिल्ला समिति दार्चुलाले यसअघि १७ जना अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपूर्जा उपलब्ध गराइसकेको छ । आर्थिक वर्ष २०८०/०८१ मा दुुहुँ गाउँपालिका वडा नम्बर ४ धामी बोहरीगाउँका १७ जना अव्यवस्थित बसोबासीलाई लालपुर्जा उपलब्ध गराएको उहाँले बताउनुभयो । जिल्लामा हाल दुई हजार २५५ जना अव्यवस्थित बसोबासी छन् ।

दार्चुलामा २०५१÷०५२ सालको आयोगले सेतो जग्गाधनी प्रमाणपुर्जा वितरण गरेका ५ सय ६८ जना छन्, भने १ सय ३० जना सुकुम्बासी रहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?