परीक्षण गरिएका प्रत्येक चार जनामध्ये एक जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिन थालेको छ।

बिहीबार मात्र १८ हजार ४७३ जनाको पिसिआर परीक्षण गरिँदा ४ हजार ३६४ जनामा संक्रमण पोजेटिभ देखिएको हो। अर्थात २३.६२ प्रतिशतमा संक्रमण पुष्टि भएको छ।

बुधबार पनि १४ हजार २०९ जनाको परीक्षण गरिएकोमा ३ हजार ४३९ जनामा संक्रमण पुष्टि भएको थियो। अर्थात २४.२० प्रतिशत व्यक्तिमा संक्रमण पोजेटिभ देखिएको हो। उक्त दिन पनि प्रत्येक चार जनामध्ये एक जनामा संक्रमण पुष्टि भएको देखिन्छ।

यस्तै मंगलबार परीक्षण गरिएकामध्ये १७ प्रतिशत, सोमबार १८ प्रतिशत र आइतबार १८ प्रतिशतमा संक्रमण पुष्टि भएको थियो। तर गएको दुई दिनमा भने संक्रमण दर ह्वात्तै बढेको छ। १८ प्रतिशतबाट संक्रमण दर २४ प्रतिशत पुगेको छ।

संक्रमण दर बढेकै कारण अस्पतालहरूमा बेड अभाव हुन थालेको छ। काठमाडौं उपत्यकाका अधिकांश अस्पतालहरूले नयाँ संक्रमितहरूलाई भर्ना गर्न समस्या भएको बताएका छन्। त्यसमा पनि आइसियू र भेन्टिलेटरको अभाव भने सबैजसो अस्पतालमा छन्। अहिले अस्पतालहरूले आइसियूमा भर्ना गर्नुपर्ने विरामीहरूलाई समेत भर्ना गर्न सकेका छैनन्।

स्वास्थ्य मन्त्रालयले भने उपत्यकामा १ सय ८१ वटा आइसियू बेड रहेकोमा ८२ वटा भरिएको जनाएको छ। संक्रमण दर उकालो लाग्दै गर्दा विज्ञहरूले समेत यसले घातक स्थिति निम्त्याउने जनाएका छन्।विश्व स्वास्थ्य संगठनका अनुसार संक्रमण दर ५ प्रतिशतभन्दा कम भयो भने महामारी नियन्त्रण तहमा छ भन्ने हो। अहिले नेपालमा संक्रमण खराब स्थितितिर गएको छ।

विशेषगरी दसैं लगायत चाडबाडमा संक्रमण अझै द्रुत रुपमा फैलिनसक्ने जोखिमलाई मध्यनजर गर्दै सरकारले यथास्थानमा रहेर यस वर्षको चाडबाड मनाउन अपिल गरेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दसैंमा गाउँ जाँदा कोरोना पनि कोसेलीको रुपमा सँगै जान सक्ने भन्दै उपत्यकाबाट दसैंमा गाउँ नजान आग्रह गर्दै आएका छन्। विज्ञहरूले समेत दसैंमा उपत्यकाबाट घर जाने व्यक्तिहरूले संक्रमण गाउँगाउँ पुर्याउन सक्ने बताउँदै आएका छन्।

अहिले देशभरको स्थिति हेर्दा संक्रमणको बढी जोखिम नै काठमाडौं उपत्यका छ। दैनिक थपिने कुल संक्रमितमध्ये आधाभन्दा बढी उपत्यकाका छन्। उपत्यकामा संक्रमित संख्या बढेकै कारण संक्रमण दर पनि बढेको हो। मन्त्रालयले उपत्यकामा निषेधज्ञा खुकुलो भएसँगै संक्रमण बढेको जनाएको छ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?