दार्चुलामा कृषि पकेट तथा ब्लक विकास कार्यक्रमको समिक्षा तथा अन्तरक्रिया सम्पन्न

दार्चुला । दार्चुलामा स्थानीय तह तथा कृषि ज्ञानकेन्द्रबाट सञ्चालित पकेट तथा ब्लक विकास कार्यक्रमको प्रगति समिक्षा विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ दार्चुलाको आयोजनामा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाको सभाहलमा कार्यक्रम सम्पन्न भएको परियोजना प्रमुख कमल तामाङले जानकारी दिनुभएको छ । कार्यक्रममा आर्थिक वर्ष २०८१र०८२ मा स्थानीय तह तथा ज्ञानकेन्द्रबाट सञ्चालित पकेट तथा ब्लक विकास कार्यक्रमको प्रगतिको विषयमा समिक्षा गरिएको हो ।

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख महादेव बडू, कृषि ज्ञानकेन्द्र दार्चुलाका प्रमुख शिद्दराज उपाध्याय, ९ वटै स्थानीय तहका कृषि तथा पशु प्राविधिक,स्याउँ, ओखर तथा सुन्तलाजोन सञ्चालन समितिका संयोजकहरु लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?