जिल्ला प्रशासन कार्यालय दार्चुलाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्चुलाको सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाको आयोजनामा सञ्चालन गरिएको कार्यक्रममा जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी एंव सूचना अधिकारी मोहन सिंह धामीले जिल्लाको संक्षिप्त परिचय, कार्यालयका मुख्य कार्यक्षेत्रहरु, सेवा सुधारका लागि गरिएका प्रयासहरु, शान्ती सुरक्षा, विपद् व्यवस्थापन,समन्वय तथ्याकमा आधारित सेवा प्रवाह, सेवा प्रवाहमा चुनैती र आगामी योजनाहरुको बारेमा बस्तुस्थिति विवरण प्रस्तुत गर्नुभएको थियो ।

प्रस्तुत विवरण अनुसार प्रशासन कार्यालय दार्चुलाले नागरिकको सेवामा नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र वितरण, विपद्को समयमा खोज उद्धार, राहात, र पुर्नःस्थापनामा नेतृत्व, बजार अनुगमन तथा उपभोक्ता हित संरक्षण र स्थानीय तहहरुसंगको निरन्तर सहकार्य र समन्वयका बारेमा जानकारी गराउनुभएको थियो । त्यस्तै जिल्ला प्रशासन कार्यालय दार्चुलाको समन्वयमा ब्लड बैंक स्थापनाको लागि निजामती कर्मचारी सुरक्षाकर्मीबाट स्वैच्छिक रुपमा संकलन गरिएको ५ लाख २ हजार ८ सय ८१ रुपैयाँ हस्तान्तरण गरिएको जानकारी गराइएको छ ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले आर्थिक वर्ष २०८१/०८२ मा १३ पटक बजार अनुगमन सौका समुदायको व्यापार सहजिकरण,न्यायीक समितिहरुलाई जिम्मेवार बनाउने प्रयास गरेको सहायक प्रमुख जिल्ला अधिकारी धामीले बताउनुभयो । कार्यालयले आर्थिक वर्ष २०८१/०८२ मा ४ हजार १ सय ६२ वटा नागरिकता, १ हजार ३ सय ३८ वटा राहदानी, ८ हजार ३ सय ७२ वटा राष्ट्रिय परिचयपत्र वितरण, ३२ वटा मुद्धा दर्ता र १३ वटा संघ संस्था दर्ता गरेको छ ।

प्रमुख जिल्ला अधिकारी अनिल पौडेलको अध्यक्षता रहेको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी एंव कार्यालयका सूचना अधिकारी मोहन सिंह धामी, कर्मचारीहरु,जिल्लस्थित राजनितिक दलका प्रतिनिधिहरु,सुरक्षा निकायका प्रतिनिधि, सञ्चारकर्मी, स्थानीय लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण नेपाल पत्रकार महासंघ दार्चुला शाखाका निर्वतमान अध्यक्ष कृष्ण सिंह धामीले गर्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?