अपी नाम्पा संरक्षण क्षेत्र दार्चुलाले मनायो १५औँ स्थापना दिवस

दार्चुला । अपी नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुला १५औँ स्थापना दिवस विवद् कार्यक्रमको आयोजना गरी मनाएको छ ।

वि.स २०६६ साल मंसिर १६ गते सगरमाथा हिमालको आधार शिविर कालापत्थरबाट घोषणा भई वि.स २०६८ असार २८ गते दार्चुलामा कार्यालय स्थापना भएको थियो ।

अपी नाम्पा संरक्षण १ हजार ९ सय ३ वर्ग किलोमिटरमा फैलिएर रहेको छ । जैविक विविधताले भरिपूर्ण अपी नाम्पा सरक्षण क्षेत्रमा दार्चुलाकै प्रशिद्ध अपी हिमाल, नाम्पा हिमाल, ब्याँस हिमाल, लगायतका उच्च हिम शिखरहरु रहेका छन् । अपी नाम्पा संरक्षण क्षेत्र समुद्री सतहबाट ५ सय ३९ देखि ७ हजार १ सय ३२ मिटरसम्म उचाईमा अवस्थित छ । यस क्षेत्रका विभिन्न स्थानहरुमा सिस्ट, चुनढुंगा र सेडिमेन्ट, जस्ता चट्टानहरु रहेकोले वर्षाको समयमा पहिरो जाने प्रकृतिको भू–आकृति छ । त्यस्तै अपी नाम्पा संरक्षण क्षेत्रको विभिन्न स्थानहरुमा हिउँ चितुवा, ध्वासे चितुवा, कस्तुरी मृग,हाबे्र, रतुवा, घोरल,नाउर, झारल, चितुवा, बादर, हिमाली कालो भालु, थार लगायतका वन्यजन्तुहरु पाइन्छन् ।

डाँफे, चिर,चिल, भ्याकुर लगायत २ सय बढी प्रजातिका चराका साथै यार्चागुम्बा,जटामसी, बन लसुन,कुटकी, झयाउँ लगायतका महत्वपूर्ण जडिबुटि पाइन्छन् । अपी नाम्पा संरक्षण क्षेत्रको सिमाना संग भारत र चिनको त्रिदेशिय सीमानाका भएकाले बहुमुल्य जडिबुटी, तथा वन्यजन्तुको ओखेटोपोहार चोरी तथा पैठारी हुने सम्भिावित नाकाका रुपमा लिने गरिएको छ । यद्धपी यस क्षेत्रलाई पर्यटनसंग जोड्न सकेमा स्थानीय बासिन्धाको जिविकोपार्जनमा टेवा पुग्ने क्षेत्रका रुपमा अपी नाम्पा संरक्षण क्षेत्रलाई लिइने अपी नाम्पा संरक्षण क्षेत्रका निमित्त बरिष्ट संरक्षण अधिकृत विनय कुमार झाले जानकारी दिनुभयो ।

कार्यालयले यसै वर्ष अपी नाम्पा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् गठन गरेर क्षेत्रभित्र रहेका ६ वटा स्थानीय तहहरुमा ३ सय ८६ वटा टोल स्तरीय संरक्षण क्षेत्र तथा उपभोक्ता समुह,१२ वटा वडास्तरीय संरक्षण क्षेत्र समुह र एक पालिकास्तरीय संरक्षण क्षेत्र उपभोक्ता समिति गठन गरेको अधिकृत झाले बताउनुभयो ।

बाकीँ रहेका क्षेत्रमा पनी लगत्तै समितिहरु गठन गरिने उहाँले बताउनुभएको छ । कार्यालयको संरक्षण क्षेत्रको भू–भागका स्थानीय बुद्धिजीवी लगायत सरोकारवालाहरुले क्षेत्रको संरक्षमा सहयोग गर्न कार्यालयले अपिल गरेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?