दार्चुलाका ८ स्थानीय तहका प्रमुख सहितको टोली भारत भ्रमणमा

दार्चुला । दार्चुलाका ८ वटा स्थानीय तहका प्रमुख सहितको टोली भारत सरकारद्धारा आयोजित सरकारी स्तरको स्थानीय विकास साझेदारी सम्बन्धि १० तालिममा सहभागी भएका छन् ।

भारतको तेलंङ्गना राज्यको हैदरावादमा जुलाई १३ तारिक (आज) बाट २४ सम्म सञ्चालन हुने स्थानीय विकास साझेदारी सम्बन्धि तालिममा दार्चुलाका ८ वटा स्थानीय तहका प्रमुख लगायतको टोली सहभागी भएको लेकम गाउँपालिका अध्यक्ष रामदत्त जोशीले जानकारी दिनुभयो ।

भारत सरकारले तालिममा जिल्लाका नौँ वटै स्थानीय तहहरुलाई सहभागीताको लागी आमन्त्रण गरेको भएपनी कार्यव्यस्तताले मार्मा गाउँपालिका अध्यक्ष जमन सिंह धामी बाहेक ८ वटा स्थानीय तहका प्रमुख र शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुरेन्द्र बिष्ट तालिममा सहभागी भएका छन् ।

तालिममा महाकाली नगरपालिकाका नगर प्रमुख नर सिंह चैसिर,शैल्यशिखर नगर प्रमुख विजय सिंह धामी, प्रमुख प्रशासकीय अधिकृत शुरेन्द्र बिष्ट, लेकम गाउँपालिका अध्यक्ष रामदत्त जोशी,मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरा सिंह धामी, ब्याँस गाउँपालिका अध्यक्ष मंगल सिंह धामी, दुहुँ गाउँपालिका अध्यक्ष नरेन्द्र बहादुर सिंह बडाल, अपिहिमाल गाउँपालिका अध्यक्ष भक्त सिंह ठेकरे बोहरा, नौगाड गाउँपालिका अध्यक्ष दलजीत सिंह धामी लगायतको टोली तालिममा सहभागी भएको अध्यक्ष जोशीले बताउनुभयो ।

तालिममा १० दिनसम्म स्थानीय विकास साझेदारी सम्बन्धि विविद् पक्षहरुमा छलफल सहित अवलोकन गराइने बताइएको छ ,।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?