दार्चुला । जिल्ला कारागार दार्चुलामा क्षमता भन्दा दोब्बर कैदीबन्दी हुदा व्यवस्थापनमा समस्या भएको छ ।
२५ जना पुरुष र १५ जना महिला गरी ४० जनाको क्षमता भएको कारागारमा क्षमताभन्दा झण्डै दोब्बर ६५ जना कैदीबन्दी र १३ जना थुनुवा गरी ७८ जना हुदाँ व्यवस्थापनमा समस्या भएको जिल्ला कारागार दार्चुलाका जेलर सरिता चन्दले जानकारी दिनुभयो ।
उहाँका अनुसार अहिले जिल्ला कारागार दार्चुलामा विभिन्न मृद्धाका ६५ जना कैदीबन्दी र १३ जना थुनुवा रहेका छन् । जसमध्ये सबैभन्दा बढी जबरजस्तीकरणी मृद्धाका २० जना कैदी र २ जना थुनुवा,कतव्र्य ज्यानमुद्धाका १२ जना कैदी र १ थुनुवा, कतव्र्य ज्यान मार्ने उद्योगका ६ जना कैदी र एक थुनुवा, लागुऔषध मुद्धाका ५ जन कैदी ४ जना थुनुवा रहेका छन् ।
त्यस्तै नगवजनी चोरीका ५ जना, डाका चोरीका ३ जना, सवारी ज्यान मुद्धाका ३ कैदी र २ जना थुनुवा अपराधिक उप्रध मुद्धाका १ जना डाका चोरीका १ जना अभद्र व्यवहारका १ जना, करणी कसुरका १ जना र अंगभग मृद्धामा एक जना थुनुवा गरी जिल्ला कारागार दार्चुलामा कुल ७८ जना कैदीबन्दी रहेको जेलर चन्दले बताउनुभयो । क्षमताभन्दा झण्डै दोब्बर कैदीबन्दी हुँदा व्यवस्थापनमा भने समस्या भएको उहाँले बताउनुभयो । कारागारको भवन तथा भान्साघर जिर्ण रहेको छ भने नियमित रुपमा खानेपानीको समेत समस्या रहेको छ ।
त्यस्तै कैदीबन्दीहरुको लागी प्रयाप्त खेल मैदान तथा खेल साम्रगीहरुको अभाव शैचालय, र सरसफाई साम्रगीहरुको समेत अभाव रहेको जेलर चन्दले बताउनुभएको छ ।





प्रतिक्रिया